Aamsanchar

देशभर झण्डै ५ हजार कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

Author Image
मङ्गलवार, साउन २६, २०७८

काठमाडौं – देशभर पछिल्लो समय थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १९ हजार १ सय २३ जनामा कोरोना परीक्षण गरिएको थियो।

कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १ सय ५० जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। थप २ हजार १ सय १५ जना कोरोनामुक्त भएका छन्।

काठमाडौंमा ७ सय ९५, भक्तपुरमा १ सय ५२ र ललितपुरमा २ सय ३९ गरी उपत्यकाभित्र कुल १ हजार १ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर