Aamsanchar

बिर्तामोड–२ का वडाध्यक्ष संग्रौलालाई पितृशोक

Author Image
मङ्गलवार, साउन २६, २०७८

चारपाने । विर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलालाई पितृशोक परेको छ ।

जनप्रतिनिधी संग्रौलाका पिता ख्यामितप्रसाद संग्रौलाको आज बेलुकी ३ः४५ बजे आफ्नै घर बिर्तामोड–२, चैतुबारी त्रिवेणी टोलमा निधन भएको छोरा नगेन्द्रले सामाजिक संजालमार्फत जानकारी गराएका थिए ।

पिता हरिप्रसाद र माता लक्षिमा संग्रौलाका पुत्ररत्नको रुपमा विक्रम सम्वत १९९३ साल असोज ८ गते तेह्रथुम जिल्ला साविक युवा गाउँविकास समितिमा जन्मनु भएका ख्यामितप्रसाद विपन्न मध्येयम वर्गमा हुर्किनु भएको थियो । विक्रम सम्वत २०१९ सालमा झापाको साविक शरणमती, गरामनी गाविस हुदै २०२१ साल देखि हालको बिर्तामोड–२, चैतुबारीमा बसोबास गर्दै आउनु भएको थियो ।

मृतक संग्रौलाको पार्थिक शरिरलाई भोली विहान १० बजे कनकाई घाटमा दहासंस्कार गरिने परिवारका सदस्यले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर