Aamsanchar

१८ वर्षीया किशोरी कृशला मृत्यु रहस्यमय बन्दै

Author Image
बुधवार, साउन २७, २०७८

उदयपुर –उदयपुरको त्रियुगा नगरपालिका-६ मोहनपुर बस्ने १८ वर्षीया किशोरीको मृत्यु रहस्यमय बनेको छ। १९ गते त्रियुगा नगरपालिका-६ राजदेवी सामुदायिक वनको रातमाटे खोला किनारमा कृशला चौधरीको शव फेला परेको थियो। उनको शव अनुहार नचिनिने, क्षतविक्षत् र बीभत्स अवस्थामा भेटिएको थियो। उनको बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका शव हेर्ने गाउँलेले गरेका छन। उनको अनुहारमा एसिडजस्तो प्रज्ज्वलनशील पदार्थ छर्किएर जलाएको देखिन्छ।

साउन १३ गते घरबाट सबैलाई भातभान्सा गराएर निस्केकी कृशला चौधरी ५ दिनपछि चुरियाको जङ्गलमा मृत अवस्थामा भेटिएकी थिइन्। उनको शव पहिचान गर्न कठिन थियो। साउन १३ गते हराएकी कृशला गत १९ गते मृत फेला परेको बुवा प्रेमकुमारले बताए। बुवाका अनुसार घाँस काट्न जाने स्थानीयले अर्धनग्न अवस्था फेला पारेका थिए।

कृशलाको शव बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमपछि आफन्तले बुझेर सदगद गरिसेकेका छन्। तर, शंकास्पद अवस्थामा शव भेटिएकोले प्रहरी अनुसन्धानमा ढिलाइ भएको भन्दै जिल्ला सदरमुकाम गाईघाटमा विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठन, अधिकारकर्मी, स्थानीयले कृशलाको न्यायका लागि आन्दोलन सुरु गरेका छन्।

उनीहरूले चौधरीको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन्। यता चौधरीको हत्या भएको होरहोइन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी0 बेदप्रसाद गौतमले जानकारी दिए। डिएसपी गौतमका अनुसार अनुसन्धानका लागि तीन जना युवालाई नियन्त्रणमा लिएको बताए। कृशला जनता माध्यमिक विद्यालय चुहाडेबाट गत एसईईको परीक्षामा उत्तीर्ण भएकी थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर