Aamsanchar

मसला पिस्ने लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने ६४ वर्षीय वृद्ध पक्राउ

Author Image
बुधवार, साउन २७, २०७८

पर्वत – मसला पिस्न प्रयोग गर्ने लोहोरोले हानेर श्रीमतीको हत्या गरेको आरोपमा कास्की प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार माछापुच्छ्रे गाउँपालिका–२ भुजुरुङखोलाका ६४ वर्षीय श्रीलाल कामीलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका कामीले मंगलबार बिहान ५२ वर्षीय श्रीमती श्रीमाया कामीको टाउकोमा लोहोरो प्रहार गरेर घाइते बनाएका थिए।

गम्भीर अवस्थामा रहेकी श्रीमायालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो। घट्नाको बारेमा थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएर पुगेको प्रहरी टोलीले श्रीलाललाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो। उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डिएसपी हमालले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर