Aamsanchar

शिल्पा शेट्टीको घरमा पुग्यो प्रहरी, आमा सुनन्दामाथि करोडौं ठगीको आरोप

Author Image
बिहिवार, साउन २८, २०७८

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा यतिबेला पोनोग्राफी प्रकरण प्रहरीको हिरासतमा छन् । भने, शिल्पासँग पनि यसको विषयमा सोधपुछ भइरहेको छ । यता, लखनउकी एक महिलाले शिल्पा शेट्टीमाथि करोडौं ठगी गरेको आरोप लगाएकी छन् । ति महिलाको आरोपपछि मुम्बई र युपी प्रहरीले छानबिन सुरु गरेको छ ।

बुधबार दिउँसो अभिनेत्री शेट्टीको जुहुस्थित घरमा मुम्बई र युपी प्रहरी पुगेको तस्बिर सामाजिक सञ्जालमा छाएको छ ।

तस्बिरमा प्रहरीका केही अधिकारीहरु शिल्पाको बंगलाको भित्र गइरहेको देखिएको छ । यसैबीच, केही प्रहरी अधिकारी सूचना पनि साथमा लिएर आएका भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

के हो वास्तविकता ?
लखनउका विभूतिखण्ड प्रहरी स्टेशनमा ‘ओमेक्स हाइट्स’ निवासी ज्योत्सना चौहानले र हजरतगंज थानामा रोहित विर सिंहले शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीको विरुद्ध ठगी गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएका छन् । हजरतजंग प्रहरीले सोधपुछका लागि दुवैलाई एक महिनाको सूचना जारी गरिदिएको छ ।

‘आयोसिस स्लिमिंग स्किन सैलुन र स्पा वेलनेस सेन्टर’ को ब्रान्च खोल्ने नाममा शिल्पा र सनन्दाको कम्पनीका मानिसहरुले दुई व्यक्तिहरुसँग करोडौँ ठगी गरेको आरोप लागेको हो । पैसा लिएर अभिनेत्री र उनकी आमाले आफ्नो कसम पूरा नगरेको र कम्पनी ओपनिङमा समेत शिल्पा नगएको उनीहरुमाथि आरोप छ ।

विभूतिखण्ड प्रहरीले सन् २०२० जुन १९ मा यस मामिलाको एफआइआर दर्ता गराएको थियो । यसमाथि कारबाही नभएपछि प्रहरीले सरुवा समेत भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर