Aamsanchar

युवकलाई दाम्लोले बाँधे कुटपिट गर्ने वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे

Author Image
बिहिवार, साउन २८, २०७८

सुर्खेत – दाम्लोले बाँधेर युवकलाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडाध्यक्ष नेपालीलाई पाँच हजार धरौटीमा छोड्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

पीडितको बयानका आधारमा पाँच हजार रुपैयाँ धरौटीमा छोडिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए । ‘भिडियोको आधारमा अभऽ व्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो । तर पीडितले नै वडाध्यक्षको गल्ती नभएको बयान दिए, गलत नियत नभेटिएपछि धरौटीमा छोडिएको छ,’ उनले भने । उनका अनुसार वडाध्यक्ष नेपालीलाई भदौ १६ गते बकपत्र गर्न आउने सर्तमा धरौटीमा छोडिएको छ ।

साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका वडाध्यक्ष नेपालीलाई साउन २१ गते प्रहरीले पक्राउ गरेको थियो । वडाध्यक्ष नेपालीले सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही भिडियोका आधारमा अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय जाजारकोटले जनाएको छ । सेवाग्राहीलाई अपमानजनक रुपमा कुटपिट गरेको भन्दै वडाध्यक्षको चौतर्फी विरोध भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर