Aamsanchar

महिलाको हत्या गरेर फरार भएका गबहादुर १६ वर्षपछि पक्राउ

Author Image
बिहिवार, साउन २८, २०७८

काठमाडौंको कलंकीमा महिलाको हत्या गरेर फरार भएका एक जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले १६ वर्षपछि पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका– ६ खत्रिगाउँ घर भएका गबहादुर खत्री उर्फ शिवजीलाई पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले बताए ।

२०६२ पुस ६ मा काठमाडौं–१६ कलंकी स्थित लामापाटीमा भगवती लामा अधिकारीलाई गबहादुरले आगोले जलाएका थिए । उपचारको क्रममा भगवतीको वीर अस्पतालमा पुस ७ मा मृत्यु भएको थियो । हत्यापछि फरार भएका ग बहादुर ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर–७ चाँङ्गाथलीमा घर बनाएर बसेका थिए । ब्यूरोको टोलीले बुधवार उनलाई चाँङ्गाथलीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारवाहीका लागी महानगरीय प्रहरी वृत्त कालीमाटीमा पठाइएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर