Aamsanchar

हरेक वर्ष अम्रिसोको निकासी घट्दै

Author Image
बिहिवार, साउन २८, २०७८

नेपाली अम्रिसो भन्दा सिलङ्गमा उत्पादित अम्रिसोले भारतीय बजार बढी ओगटेको नेपाली व्यवसायीको भनाई

मेचीनगर ।  विगत चारवर्षदेखि पूर्वीनाकाबाट हुने अम्रिसो निकासीमा गिरावट हुदैँ आएको छ । आर्थिकवर्ष २०७४/०७५ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्म आइपुग्दा काँकरभिट्टा नाका भएर निर्यात हुने पूर्वी पहाडी जिल्लामा मुख्यः नगदेवालीको रुपमा रहेको अम्रिसोको निर्यात हरेक वर्ष घट्दो क्रममा छ । अम्रिसोको माग भारतमा निक्कै बढ्ेको भएपनि निर्यात भने हरेक वर्ष ओरालो लाग्दैं गएको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले स्पष्ट पार्छ ।

कार्यालयको अभिलेख अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा काँकरभिट नाका भएर ३२ करोड ८९ लाख रुपैयाँ रुपैयाँ मुल्य बराबरको ६ हजार ५ सय ७८ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो । जुन परिणाम यसअघिको आर्थिक वर्ष २०७६/२०७७ को तुलनामा १ करोड ३६ लाख ८६ हजार रुपैयाँ वा ३ हजार ६ सय १८ मेट्रिक टनले निर्यात कम हो । कार्यालय प्र्रमुख देविन्द्र साहुका अनुसार २०७६/२०७७ मा काँकरभिट्टा नाका भएर ३४ करोड २५ लाख ८६ हजार रुपैयाँ मुल्य बराबरको १० हजार १ सय ९६ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो ।

भारतसहित बंगलादेशमा नेपालमा उत्पादन अम्रिसोको माग बढेको बढ्यै भएपनि विगत चारवर्षदेखि पूर्वी काँकरभिट्टानाका हुँदै भारततर्फ जाने अम्रिसोको निर्यात बर्षेनी घट्दो क्रमा रहेको कार्यालयको भनाई छ । केही समय अघि हरेक बर्ष यसको निर्यात बृद्घिले माग बढ्ेसँगै निर्यात व्यपार पनि सन्तोषजनक थियो । तर,पछिल्लो समय माग बढे पनि निर्यात भने कम छ ।

नोवल कोरोना भाइरस कोभिड १९ का कारण वितेको डेढवर्षदेखि पूर्वीनाका नियमितरुपमा सञ्चालनमा आउन सकेको छैन् । आर्थिक वर्ष २०७७/०७८ र २०७६/२०७७ मा निर्यात घट्नुको मुख्य कारण नाका नियमितरुपमा सञ्चालनमा आउन नसक्नु नै भएको नेपाली सरकारी अधिकारीहरु बताउँछन् । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणकालागि भन्दैं नेपाल सरकारले गरेको लकडाउनले निकासीमा असर परेको अधिकारीहरु बताउछन् । २०७६ को चैत २५ गतेसम्म काँकरभिट्टा नाका भएर सामान आइरहेपनि २६ गतेदेखि भारतसँग सँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकरभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बंगाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प थिए । चैत २६ देखि बैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प भएका कारण सवै सवारी साधन बन्द थिए ।

भारतका विभिन्न प्रान्तमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्नै भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा आयात निर्यात नराम्ररी प्रभावित भएको व्यवसायीहरुको भनाई थियो । आर्थिक वर्ष २०७५/२०७६ मा ३७ करोड ४० लाख २ हजार रुपैयाँ मुल्य बराबरको ११ हजार १ सय ३१ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो । आर्थिक वर्ष २०७४/२०७५ देखि मा यो नाका हुदैं ४२ करोड २६ लाख ५६ हजार मुल्य बराबरको १३ हजार २ सय ८ मेट्रिक टन अम्रिसो निर्यात भएको सरकारी तथ्याङ्क छ

नेपालका पूर्वी पहाडी जिल्ला ताप्लेजुङ पाचथर, ईलाम र झापाका केहि केहि तथा संखुवासभा, सिन्धुली, वनेपा, हेटौडा लम्जुङ्गमा उत्पादित अम्रिसो वार्षिक रुपमा अढाईदेखि तीनलाख वण्डल भारततर्फ निर्यात हुने गरेको व्यवसायीहरुको भनाई छ । नेपाली अम्रिसो भन्दा सिलङ्गमा उत्पादित अम्रिसोले भारतीय बजार बढी ओगटेको नेपाली व्यवसायीको भनाई छ । सिलङ्गबाट मात्र बर्षेनी पाँच देखि साढे पाँचलाख वण्डल अम्रिसो भारतका विभिन्न बजारमा पुग्ने गरेको बताइएको छ । नेपालबाट निर्यात हुने अम्रिसोले भारतको दिल्ली, बम्बै, कलकत्ता, राजस्थान, हैदरावादलगायतको बजार लिनेको गरेको छ । अम्रिसोको निकासी प्रकृया कुनै झण्झटिलो नभएका कारण व्यवसायीहरुले सहजैरुपमा निर्यात गर्ने गरेको कुचो व्यवसायीहरुको भनाई छ ।

निर्यात वापत सरकारले कृषिजन्य वस्तु भएका कारण भ्याट छुट गरेको छ । झापा जिल्लामा मात्र तीनदर्जन बढी कुचो व्यबसायी रहेका छन् । झापाली कुचो व्यवसायीबाट प्रत्यक्ष अप्रत्यक्षरुपमा दुईहजार बढीले रोजगार पाएका छन् । कुचो व्यवसायीले बिभिन्न स्थानबाट काँचो अम्रिसो ल्याएर भण्डारण गर्ने, तीन चार घाम सुकाउने त्यसपछि दुई अढाई केजीको मुठ्ठा बनाई ५० केजीको बण्डल बनाएर निर्यात गर्ने गरेको छन् । यसले गर्दा धेरैलाई रोजगारको अवसर मिलेको नेपाली व्यवसायीहरुको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर