Aamsanchar

कोरिया जाने नेपालीलाई कोरोना विरुद्धको खोप दिईने

Author Image
शुक्रवार, साउन २९, २०७८

काठमाडौ – सरकारले दक्षिण कोरिया जाने नेपालीलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको व्यवस्था गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै रोजगारी वा अन्य शिलशिलामा दक्षिण कोरिया जाने नेपालीलाई खोपको व्यवस्था गर्ने जनाएको हो।

काठमाडौंको प्रहरी अस्पताल महाराजगञ्ज र सैनिक अस्पताल छाउनीमा जोनसोन एण्ड जोनसोनखोपको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। खोप लगाउन जाँदा जनस्वास्थ्यको मापदण्ड पूरा गर्न आग्रह गरिएको छ।

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर