बिर्तामोड । हिजो बेलुका झापाको विर्तामोडस्थित मुक्ति चोक दक्षिण थापा मार्केटको माथिल्लो तल्लामा रहेको ऋद्धिसिद्धी वेयर कलेक्सनमा आगोलागी हुदाँ लाखौंको सामान जलेर नस्ट भएको छ ।
बेलुका ७ बजे तिर भएको आगलागी बिर्तामोड, मेचीनगरको बारुण यन्त्र र स्थानियहरुको सहयोगमा केहीवेरमै आगो नियन्त्रणमा लिईएको थियो ।
विर्तामोड जात्रुबाडी घरभएका सूर्य अधिकारीले उक्त पसल सञ्चालन गर्दै आएका थिए । अधिकारीले १ करोड ५० लाख लगानी रहेको बताएका छन् । पसलको आधा भन्दा धेरै भाग पूर्ण रुपले जलेको छ भने बाकी भागमा आशिंक क्षती पुगेको छ ।
विद्युतीय चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । । क्षतिको यकिन विवरण भने आएको छैन ।
आगलागी भएको मार्केटमा करिव ३० वटा भन्दा धेरै पसलहरु रहेका छन् । आगलागी भएको दोस्रो सटरमा एक्सल बैंकको कार्यलय रहेको छ । उक्त बैंकमा भित्र भित्रै धुवाको मुस्लो फैलिएको थियो भने आगो फैलिन नपाउदै आगो नियन्त्रमा लिन सफल भएकोले बैंक तथा अन्य पसलहरु क्षतीहुनबाट बचेको बिर्तामोडका डीएसपी सन्तोष आचार्यले बताए । फोटो: विनोद पाण्डे/आमसंचार