Aamsanchar

भोजपुरमा कोरोना संक्रमित वृद्धको कोभिड अस्पतालमै मृत्यु

Author Image
शनिवार, साउन ३०, २०७८

भोजपुर – कोभिड १९ संक्रमणबाट एक ८८ वर्षीय वृद्धको मृत्यु भएको छ। भोजपुर नगरपालिका-७ का बृद्धको गएराती भोजपुर कोभिड अस्पतालमा मृत्यू भएको हो । स्वास्थ्यमा समस्या आएपछि वृद्धको एन्टिजेन्ट चेक गर्दा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनलाई शुक्रबार नै भोजपुर कोभिड अस्पताल देउरालीमा राखिएको थियो । योसँगै भोजपुरमा दोस्रो चरणको कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर