Aamsanchar

५६ वर्षीय बाबुले हानेको भरुवा बन्दुकको गोलीले लागेर ३६ वर्षीय छोराको ज्यान गयो

Author Image
शनिवार, साउन ३०, २०७८

पाल्पा – पाल्पामा बाबुले हानेको भरुवा बन्दुकको गोलीले लागेर छोराको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका-६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई हान्ने क्रममा ३६ वर्षीय छोरा धनबहादुरलाई गोली लागेको हो ।

टाउकोमा गोली लागेका धनबहादुरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतक धनबहादुर स्थानीय नारायण माविका प्राथमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो । कर्ण बहादुरलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर