Aamsanchar

ठाकुरबाबाका ३ किशोरी एकैपटक हराए

Author Image
शनिवार, साउन ३०, २०७८

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाका तीन किशोरी एकैपटक हराएका छन् । ठाकुरबाबा नगरपालिका ९ का तीन किशोरीहरु सावित्री बराइली, यमुना परियार र अनिता पुन मगर एकैपटक हराएका हुन् । किशोरीहरु हराएको भन्दै उनीहरुका परिवारले अस्थायी प्रहरी पोष्ट ठाकुरद्वारमा खोजी गरिदिनका लागि निवेदन समेत दिएका छन् ।

सावित्रीका दाजु पूर्णबहादुर बराईलीले प्रहरीमा दिएको निवेदनमा तीन किशोरीहरु शुक्रबार बिहानदेखि सम्पर्क विहिन भएको उल्लेख गरिएको छ । हराएका सबै किशोरीको उमेर १६ वर्ष रहेको निवेदनमा उल्लेख छ ।

रातोपाटीबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर