Aamsanchar

२५ बर्षिय युवकको शव फेला

Author Image
आइतवार, साउन ३१, २०७८

धनुषाको जनकपुर उप–महानगरपालिका–८ रामानन्द चोकमा युवकको शव फेला परेको छ । नाम, थर नखुलेका करिब २५ वर्ष उमेरका युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले  बताए ।

मृतकको निधारमा सामान्य चोट देखिएको छ । शव नजिकै मदिराको बोतल फेला परेको छ । शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको डिएसपी बस्नेतले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर