Aamsanchar

करेन्ट लागेर ग्यारेज मजदुरको मृत्यु

Author Image
सोमवार, साउन ३२, २०७८

झापा – सुनसरीको ईटहरी १७ लबिपुरस्थित अंकित बडी ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाउँपालिका ४ घर भई हाल सोही ग्यारेजमा मजदुरी गर्ने ४० बर्षीय रामकुमार लिम्बु रहेका छन् । आईतबार बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर