Aamsanchar

हराएका दुर्गाप्रसाद तीनघरेमा भेटिए

Author Image
सोमवार, साउन ३२, २०७८

भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना आइतबार इलामबाट हराएकामा प्रहरीले फेला परेको छ । ६१ वर्षीय दुर्गाप्रसाद(दीपक जैसी) सोमबार बिहान फेला परेका हुन् । फिक्कल जाने बाटोमा पर्ने तीनघरेमा उनी फेला परेको इलामका एसपी महेन्द्र श्रेष्ठले  बताए ।

दुर्गाप्रसाद इलामको माई नगरपलिका–३ लुम्बाकका निवासी हुन् । लामो समय जेल बसेका कारण उनको मानसिक सन्तुलन पूर्ण रुपमा ठिक अवस्थामा छैन । सोमबार विहान तिम्सिनालाई फेला पारेर परिवारलाई खबर गरिएको एसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर