Aamsanchar

झापामा भदौ १ गतेदेखि निषेधाज्ञा खुकुलो, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्दा भने कारबाही

Author Image
सोमवार, साउन ३२, २०७८

झापा- झापामा भदौ १ गतेदेखि निषेधाज्ञा खुकुलो हुने भएकोछ । सोमबार बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञा परिमार्जित रुपमा गर्ने निर्णय गरेको हो । साउन १६ गतेदेखि झापाभर जारी निषेधाज्ञा सोमबार रातिदेखि सकिदैछ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले भदौ १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । कोरोना संक्रमणदर नघटेका कारणले गर्दा पूर्ण रुपमा निषेधाज्ञा हटाउन नसकिने बताइएको छ ।
निषेधाज्ञा लम्ब्याइए पनि जिल्लाका सबै पसल तथा बजार दुई चरणमा खुलाउने निर्णय गरेको छ । पहिलो चरणमा बिहान ६ बजेदेखि बिहान १० बजेसम्म खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने र दोस्रो चरणमा कपडा, हार्डवेयर, होटल लगायतका अन्य सबै प्रकारका पसलहरू बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिनुभयो।

पसल सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्नेछ । अनुगमनमा जाँदा मापदण्ड पूरा नगरेको फेला परेमा कारबाही गरिने प्रजिअ तिमिल्सिनाको भनाई छ । बैठकले सवारीसाधनको हकमा सबै यातायात खुलाउने निर्णय गरेको जनाइएको छ । 

Views: 225

प्रतिक्रिया (०)