Aamsanchar

घरेलु मदिरालाई ब्राण्डिङ गर्ने बारे प्रतिवेदन तयार, मन्त्री राईद्वारा हस्ताक्षर

Author Image
सोमवार, साउन ३२, २०७८

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले व्याण्ड भर्सेस ब्राण्ड प्रदेश सरकारको गौरवको योजना भएको बताउनु भएको छ । उहाँले सामाजिक विकास मन्त्रालयले व्याण्ड भर्सेस ब्राण्डको नेतृत्व गरेपनि यो प्रदेशको गौरवको योजना भएको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डीङ तथा बजारीकरणका लागि गठन गरेको व्याण्ड भर्सेस ब्राण्ड अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री राईले सो कुरा बताउनु भएको छ । उहाँले प्रदेश १ मा रहेको श्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै व्याण्ड भर्सेस ब्राण्ड अबधारणा ल्याईएको बताउनुभयो । कानुन अड्चनहरुलाई हटाउँदै अवधारणालाई कार्यन्वयन गर्नुपर्ने मन्त्री राईले बताउनुभयो । प्रतिवेदन ग्रहण गर्दै उहाँले भन्नुभयो,‘ समृद्धिको ढोका प्रदेश १ सरकारले खोल्यो ।’

प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनौट गरेर कोदो लगाउन शुरु गर्ने मन्त्री राईको भनाई छ । उहाँले बनमारा मासेर कोदो लगाईने बताउनुभयो । मन्त्री राईले भन्नुभयो,‘ गाउँपाखामा रहेको बनमारा लेर कोउखेदो रोपीने छ ।’ सामाजिक विकास मन्त्री राईले नेपालको उत्पादनलाई छिमेकी देशहरु भारत र चीनमा लगेर बजारी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘विदेशीहरु नेपाली उत्पादन खोजेर बसेका छन् , हामी दिन सकिरहेका छैनौं ।’ व्याण्ड भर्सेस ब्राण्ड समाजवादको सुत्रधार समेत रहेको बताउँदै उहाँले सयौं योजनाहरु यसमा रहेको बताउनुभयो ।

नेपाली घरेलु मदिराको उत्पादन शुरु भएपछि यो विश्वमा उत्पादित भन्दा सयौं गुणा राम्रो गुणस्तरको हुने उहाँको दावी छ । उहाँले गुणस्तरिय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानुन विज्ञ लगायतको टिम निर्माण गरिने जानकारी दिनुभयो । कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूणै लोक्सोमले व्याण्ड भर्सेस ब्राण्ड बृहत अवधारणा भएको बताउनुभयो । उहाँले १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकहरु, जनप्रतिनिधिलगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)