

बिर्तामोड । झापाको विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै १० हजार महिलाको निःशुल्क पाठेघर सम्बन्धी रोगको परीक्षण गर्ने भएको छ । आउदो भदौ ६ गते देखि ११ गते सम्म चरणवद्ध रुपमा सम्पूर्ण सुरक्षाका मापदण्ड पालना गराएर महिलामा हुने क्यान्सर रोगको विशेष जाँच गर्ने तयारी गरेको हो ।
सोमबार अस्पतलामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा. वीरेन्द्र यादवले महिलाहरुले बढी रोग लुकाएर राख्ने गरेका कारण १ हजार जना महिलालाई निःशुल्क ओपिडी सेवा पनि दिने तयारी गरिएको जानकारी दिए । रोगको जाँच मात्र होईन रोग देखिए उपचारमा पनि सहजकिरण गरिने, स्वास्थ्य विमा र अस्पतालले पनि विमा गरिदिने बताईएको छ ।

ओपिडीमा सतप्रतिशत छुटका साथै अन्य जाँचहरुमा २५ प्रतिशत छुट दिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत निराजन प्रसाईले बताए । उनले भने ‘नजिकको तिर्थ हेला भने जस्तै जुन ठाउँका नागरिकले सुलभ र सहज रुपमा उपचार पाउने अबस्था हुदा हुदै क्यान्सरको उपचार गछौं भनेर बोर्ड टासेर विरामीलाई अल्मलमा पार्नेहरुका कारण सोझासिधा सर्वसाधरणहरुमा रोगको निधान होईन झन समस्या बढेको छ,’ ‘पूर्वाञ्चल क्यान्सर अस्पतलामा रेफर गरोस् भने विरामीले अन्तिममा पूर्वाञ्चलमै जानुपर्ने हो भने किन अल्मलाएको र खर्चको नास गराएको भनेर प्रश्न उठने डरले अन्यत्र टाढा रेफर गरिदिने कारणले विरामी र परिवारका सदस्यहरुले अनाआवश्यक सास्ती भोगी रहनु परेको’ डाक्टर प्रसाईले सुझाए । उनले भने ‘पूर्वाञ्चल क्यान्सर अस्पतालमा सुदुर पस्चिमका जिल्लाहरुबाट र काठमाडौंबाट आएर क्यान्सर रोगीहरुले सेवा लिईरहेका छन् ।’

पूर्वाञ्चल क्यान्सर अस्पतालबाट अझ गुणस्तरीय सेवा प्रदान गर्नका लागि व्यवस्थापनले भर्खरै नेपालका चर्चित सर्जिकल अंकोलोजोष्टि डा. मुक्ति देवकोटा र रिकन्ट्रक्टीभ क्यान्सर सर्जन डा. बजरंगकुमार शाहलाई भित्रियाइएको अस्पतालका प्रवक्ता प्रमिश गिरीले जानकारी दिए ।

भरतपुर क्यान्सर अस्पतालमा १२ वर्षदेखि सर्जनका रुपमा कार्यरत डा मुक्ति देवकोटा र क्यान्सर रोगकै नाक, कान र घाँटीका सर्जन डा बजरंग शाह पूर्वाञ्चल क्यान्सर अस्पतालमा जोडिएका छन् ।
नेपालमै उच्च स्तरिय उपकरण र सहज उपचार पद्धतीका कारण पूर्वको गौरवको रुपमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा नयाँ प्रविधी संगै अब्बल डाक्टरहरुको संख्या पनि बढेको छ ।
अस्पतालको तर्फबाट १ हजार परिवारको निशुल्क स्वास्थ्य विमा गर्ने तयारी गरिएको बताईएको छ ।

