Aamsanchar

झापाका छुट्टा-छुट्टै स्थानबाट ब्राउन सुगरसहित २ महिला र २ पुरुष पक्राउ

Author Image
बुधवार, भदौ २, २०७८

झापा- झापाको बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । मंगलबार बेलुका ४ बजे बिर्तमोड ५ जात्रुबारी स्थितबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो ।

त्यस्तै मंगलबारनै बेलुका ५ बजे बिर्तामोड १ चारपाने स्थितबाट सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ कि बर्षीया देवी तामाङ र बिर्तामोड ५ कि २१ बर्षीया सिता खतिवडालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्राम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

Views: 256

प्रतिक्रिया (०)