Aamsanchar

लालबन्दीमा किशोरी बेपत्ता भएको चार दिनपछि मृत फेला, दुईजना प्रहरीद्वारा पक्राउ

Author Image
बुधवार, भदौ २, २०७८

सर्लाही – लालबन्दी नगरपालिकामा एक किशोरी बेपत्ता भएको चार दिनपछि मृत फेला परेकी छन्। गत साउन ३१ गते साँझ घरबाट बाहिरिएकी लालबन्दी-१७ का १४ वर्षीया प्रियंका भुजेलको शव पूर्व–पश्चिम राजमार्गको कालिन्जोर पुलभन्दा केही माथि जंगलमा फेला परेको हो।

स्थानीयका अनुसार सोही स्थानको फौदसिंह माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रियंका त्यहीँको एक क्रसर उद्योगमा काम गर्ने युवकसँग घरबाट बाहिरिएकी थिइन्। घटनामा संलग्नमा रहेको आरोपमा प्रहरीले स्थानीय दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी-१७ का अनिश दाहाल र कृष्ण साह रहेका छन्। इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार ती अभियुक्तहरूले किशोरीको शव गाडिएको ठाउँ देखाएका थिए।

किशोरीको मृत्युपछि ती दुई किशोर भागेका र प्रहरीले उनीहरूलाई जिल्लाबाट केही तल भागेको ठाउँबाटै मंगलबार पक्राउ गरेको थियो। पक्राउ परेका ती दुईजनामाथि प्रहरीले केरकार गरेपछि किशोरीलाई गाडेको ठाउँ देखाएका प्रहरी निरीक्षक थापाले बताए।

घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरी मृतक किशोरीको शव पोष्टमार्टमका लागि मंगलबार राति नै मंलगवा अस्पताल पठाएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन। साउन ३१ गते किशोरी बेपत्ता भएको भन्दै परिवारले साउन ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा जानकारी गराएका थिए। घटनामा अन्य पनि संलग्न रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका उनीहरू हाल लालबन्दी प्रहरी चौकीमा राखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर