Aamsanchar

फुट्यो एमाले

Author Image
बुधवार, भदौ २, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटेको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी)राखिएको छ ने चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताए । नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले  राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी थिइन् ।  राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ ।  सोही अध्यादेशको जगमा एमाले विभाजित बनेको हो ।  अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । 

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर