Aamsanchar

अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन गरेको अभियोगमा झापाका १ सहित ७ जना पक्राउ

Author Image
बिहिवार, भदौ ३, २०७८

ललितपुरमा एक अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाइटमा अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा दमक नगरपालिका-७ घर भएका ५० वर्षीय राजेश अग्रवालसमेत छन् । पक्राउ पर्नेहरुमा ३ पुरुष र ४ महिला छन् । अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर