

काठमाण्डौ – महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल प्रस्ताव गरिएको छ । गएको बुधवार जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर जसपा (लोकतान्त्रिक)पार्टी नाम दर्ताको निवेदन दिएको ठाकुर समूहले आज शुक्रवार नाम फेरेको हो ।

यसअघि निर्वाचन आयोगले जसपा नेपालसँग नाम मिल्दोजुल्दो भएको भन्दै नयाँ नाम दिन सुझाएको थियो । नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालसहित ठाकुर समूहले निर्वाचन आयोगमा निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Views: 179

