Aamsanchar

विद्यालयबाट भागेको सम्झना गर्दै विएण्डसीका कार्यकारी निर्देशक प्रसाईंद्वारा सिंहदेवीमा दुई करोडको भवन सहयोग

Author Image
शुक्रवार, भदौ ४, २०७८

विर्तामोड । झापाको विर्तामोडमा रहेको विएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पलातको तर्फबाट बन्ने गरि झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नेमा रहेको सिंहदेवी माध्यमिक विद्यालयमा दुई तल्ले ८ कोठाको विद्यालय भवन र खानेपानी ट्याङकीको शिलन्यास भएको छ ।

आज विद्यालय परिसरमा अस्पतालकी अध्यक्ष ईन्दिरा गिरी र कार्यकारी निर्देशक दुर्गा प्रसाईंले उक्त भवनको शिलन्यास गरेका हुन् ।

विक्रम सम्वत २०१६ सालमा स्थापना भएको उक्त विद्यालय हाल सम्म पनि सुविधायुक्त भवन अभावको कारण सहज रुपमा पठन पाठन गर्नबाट विद्यार्थीहरु बञ्चित भएको भन्दै अब विद्यार्थीले समय अनुकल सुविधायुक्त कक्षाकोठा, कम्प्युटर ल्यावकोलागि पनि कोठा पुग्ने गरिको भवन निर्माण हुने अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले बताएका छन् ।

शिलन्यास कार्यक्रममा बोल्दै प्रसाईले भने ‘ मैले गरिवी के हो भोगेको छु, शिक्षाको महत्व बुझेको छु, स्वास्थ्य, शिक्षा र धर्मको संरक्षण र विकासकोलागि मैले आफूलाई समर्पित गरेको छु, म धन कमाएर थुपारेर बस्ने मान्छे होईन, मरेर जादाँ हजारौं मलामी कमाउनु छ । मरेर गए पछि मेरोनाम रहिरहोस् भन्ने धेय हो, मलाई धनाढय हुँ भन्ने तर समाजकालागि केही नगर्नेहरुले मैले गरेको कार्यप्रति डाहा गरेर माफिया लगायत विभिन्न नानाभाती गाली गरेर म प्रति उठेकोे रिस मार्ने काम गरिरहेका छन् । म कस्तो मान्छे हो भनेर गरिव, रिक्सावाला, ठेलावाल मजदुरहरुलाई सोध्नु, म धनीको मान्छे होईन, गरिवको मान्छे हो ।’ ‘म कक्षा २ मा पढदा स्कुलमा पानीको व्यवस्था थिएन, नजिकैको एक घरमा पानी खान जानु पर्थो सो बेला पानीखान जाने क्रममा आफूलाई कुकुरले टोकेको घटना सम्झना आउने गरेका छ । त्यसैले यस विद्यालयमा खानेपानी ट्याङ्की पनि बनाउने सोच बनाएको हु र भदौ ४ गते नै म विद्यालय छोडेर भागेको भएकाले आज सोही गते विद्यालय भवनको शिलन्यास गरेको छु । मेरो जसरी नानीहरुले भाग्नु नपरोस् । त्यो बेला मेरो बुद्धि पुगेन, शिक्षाविना जीवनमा अघि बढन निकै कठिन हुने रहेछ ।’

सिंहदेवीमा बन्ने भवनको लागि कुनै निर्माण समिति गठन गरिएको छैन, अस्पतालले सिधै उक्त भवन निमार्ण कार्यको थालनी गरेको छ । भूकम्प प्रतिरोधात्मक, आधुनिक र आर्कशण बन्ने उक्त भवन २ करोड भन्दा माथी लागत खर्चमा निर्माण हुने अस्पतालका प्रवक्ता प्रमिश गिरीले जानकारी दिए । गिरीले थप्दै भने आगामी ७ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी कार्ययोजना बनाएका छौं ।

स्थापनाको ६ दशक सम्म भवन अभाव झेल्दै आएको सिंहदेवीमा सिसु देखि १२ कक्षा सम्म अध्यापन हुदै आएको छ । अती विपन्न, सिमान्तकृत समुदायका बालवालिकागरी ८ सय ९५ जना विद्ययार्थीहरु अध्ययनरत रहेका छन् । सिंहदेवी झापाको क्षेत्र नं.२ मा पर्छ । सो क्षेत्रबाट ९ जना प्रतिनिधी सभा सांसद, धेरैजना पूर्व विद्यार्थीहरु माथिल्लो तहमा पुगेका छन् । कसैले पनि यस विद्यालयको भौतिक स्तर उन्नती गर्नको लागि फर्केर हेरेका छैनन् । सरकारले पनि एक मुष्ठ यति ठुलो रकम बराबरको भवन सहयोग गरेकोे थिएन, विएण्डसी अस्पतालको तर्फबाट भएको यो सहयोग सबैभन्दा ठुलो र महान भएको भन्दै विद्यालयका सरोकारवालहरुले निर्देशक प्रसाईंलाई धन्यवाद दिएका थिए ।

भवन शिलन्यास कार्यक्रममा जग्गा दाता रानीमाया राईलाई आजिवन स्वास्थ्य उपचार सेवा निशुल्क गरिदिने प्रसाईंले प्रतिवद्धता गरेका छन् ।

कार्यक्रमा अस्पतालका कार्यकारी निर्देशक प्रसाईं, अस्पतालकी अध्यक्ष ईन्दिरा गिरी, सिइयो डा. निराजन प्रसाईं, डाईरेक्टर आरजु प्रसाईं, जनसम्पर्क अधिकारी प्रमिश गिरी, व्यवस्थापक दिनेश भट्टराई लगायत को उपस्थिती रहेको थियो ।

विएण्डसी अस्पतालको तर्फबाट बिर्तामोड–२ स्थित मोहनमाया मावीमा सहयोग स्वरुप करिव ३ करोड लागतको भवन निर्माणकार्य भईरहेको छ । उक्त भवन आउदो सरस्वती पूजाको दिन विद्यालयलाई विएण्डसी परिवारले हस्तान्तरण गर्ने लक्ष लिएको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 477

प्रतिक्रिया (०)

सम्बन्धित खबर