Aamsanchar

हेटौंडाबाट अपहरण गरी भारत पुर्‍याइएका २ जनाको सकुशल उद्धार

Author Image
आइतवार, भदौ ६, २०७८

हेटौंडा – मकवानपुरको हेटौंडाबाट अपहरण गरी भारत पुर्‍याइएका २ जनालाई मकवानपुर प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरणमा परेका हेटौंडा–९ स्वागतटोलका २२ वर्षीय पवन रानामगर र २३ वर्षीय गोविन्द श्रेष्ठलाई प्रहरीले सकुशल उद्धार गरेको हो। तीनजना भारतीयले उनीहरूलाई अपहरण गरी ५ लाख रुपैयाँ फिरौती मागेका थिए।

भदौ ३ गते राति हेटौंडा-१० बसपार्कबाट अपहरणमा परेका मगर र श्रेष्ठलाई प्रहरीले भारत पूर्वी चम्पारणको मोतीहारीबाट उद्धार गरेको जनाएको छ। मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले पर्सा प्रहरी र भारत प्रहरीको सहयोगमा मगर र श्रेष्ठको उद्धार गर्न सफल भएको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर