Aamsanchar

इनरह्वील क्लवका सदस्यहरुले अनाथलयमा मनाए ‘रक्षा बन्धन’

Author Image
आइतवार, भदौ ६, २०७८

बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका दिदीबहिनीहरुले बिर्तामोडमा रहेको नमस्ते तारा बालगृहका अनाथ बालबालिकाहरु संग रक्षा बन्धन पर्व मनाएका छन् ।

आज घर घरमा नेपालीहरुले मिठो मसिनो खाएर र आफन्त भेटघाट गरेर रमाईलो संग जनै पूर्णिमा रक्षा बन्धन मनाई रहदा अभिभावक विहिन बन्न पुगेर अनाथलयको आश्रयमा रहेका १९ जना बालवालिका संग इनरह्वीलका सदस्यहरुले रक्षा बन्धन मनाएका हुन् । उनिहरुले बालबालिकाहरुलार्ई राखी लगाई दिएका थिए । मिठो खानेकुरा खुवाएर रमाईलो गर्दे बालबालिकाको मुहारमा खुशियाली ल्याई अभिभावकको भूमिका निर्वाह गरेका थिए ।

मानवीय सेवा र सामाजिक कार्यमा सक्रिय संस्था रोटरी क्लवमा आवद्ध पुरुषहरुका श्रीमतीहरुको संस्था हो इनरह्वील । यस संस्थाले व्यक्तिगत समुहिक रुपमा संकलन गरेको रकमबाट सकेको सामाजिक कार्य गर्दै आएको इनरह्वीलकी अध्यक्ष जमुना शर्मा भूषालले बताईन । केही दिन अघि झापा गाउँपालिकामा ४२ जना अपाङगता भएका व्यक्तीलाई खाद्ययन्न तथा स्वास्थ्य सामग्री पनि वितरण गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर