Aamsanchar

झापाको कनकाईमा एक घरका सबै परिवार पासो लागेको अवस्थामा फेला

Author Image
सोमवार, भदौ ७, २०७८

कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर १ जामुनबाडी स्थित एक घरमा परिवारका सबैजना पासो लागेको अवस्थामा फेला परेका छन् ।

एकै कोठामा काखमै चेपेको अवस्थामा छेरी र उभिएको अवस्थामा आमा अनि दुई मिटर पर श्रीमान् घाटीमा पासो लगाई घुडा टेकेको अबस्थामा फेला परेका हुन् ।  उनिहरुको मृतु भएको आधिकारिक पुष्टि भने भएको छैन ।

पासो लागेको अवस्थामा घरमुली बर्ष ३४ का रविन विश्वकर्मा, उनकी श्रीमती बर्ष २९ की मुना विश्वकर्मा र ८ महिनाकी छोरी रुविना विश्वकर्मा रहेका छन् । तिनै जनाको घाटीमा पासो लागेको अवस्था देखिएको नजीकै रहेकी रविनकी काकी पम्फा विश्वर्माले बताएकी छन् । ‘सधै अवेला उठने गरेका थिए, आज अलि ढिलो सम्म चहलपहल नभए पछि, ८ बजे छिमेकी झमकमाया र म गएर बोलाउदा सबै ढोका बन्द थियो झ्यालबाट हेर्दा तिनै जनाको परिवार पासो लागेको अवस्थामा देखेपछि हल्ला खल्ला गरेको’ काकी पम्फा विश्वर्माले बताईन ।

तिनैजना यस्तो अवस्थामा भेटिनुको बास्तविक कारण खोज्ने क्रममा रविन केही बर्ष देखि वैदेशिक रोजगारीमा कामदार पठाउने प्रतिनिधीको रुपमा काम गर्दै आएको र सो कार्यगर्दा धेरैजनाबाट रकम लिएको, कारोवार बिग्रिएको कारण दैनिक जसो रकम फिर्ता माग्नेहरु आउने गरेको, कहिले प्रहरी सहित त कहिले ठुलै समूह आउने गरेका थिए । यसै क्रममा मोरङ घर बताउनेहरुको एक समूहले आफूलाई पैसा उठाईदिन भनेर त्यो समूहले उजुरी समेत गरेर फर्किएको वडा नंं १ का वडाध्यक्ष रोशन पोखरेलले बताएका छन् ।

सामान्य परिवारका रविन श्रीमती र छोरीको अनि काकीको भरोसाका केन्द्र थिए । आर्थिक व्यवहार विग्रेकै कारणले उनिहरुले अफूखुशी यस्तो निर्णय गरेकी वा अन्य केही कारण छ ? सो बारे प्रहरीले अनुसन्धान सुरुगरेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यले बताए ।

यतीवेला प्रहरीले घटना स्थललाई घेराबन्दी गरेको छ । रविन कोरोना पोजिटिभ विरामी पनि भएको स्थानियहरुले बताएका छन् । घटनाको मुजुल्का उठाएर स्वास्थ्य परिक्षण गर्न लैजानकोे लागि नेपाली सेनाको कोभिड स्वास्थ्य टोली आउने प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 317

प्रतिक्रिया (०)

सम्बन्धित खबर