Aamsanchar

करेन्ट लागेर ईलाममा एक महिलाको मृत्यु

Author Image
सोमवार, भदौ ७, २०७८

ईलाम- इलाममा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाऊँपालिका ६ सलकपुर कि ५० बर्षीया मैस्याङ तामाङरहेकी छिन् । आईतबार दिउँसो साढे १० बजे घाँस काट्नको लागी आफ्नै पुरानो घरमा घाँस काट्ने मेशिनमा लाईन जोड्न जाँदा मेशिन माथी राखेको सुईटर बेरियो, स्वईटर निकाल्ने क्रममा करेन्ट लागी घाईते भएकी तामाङको उपचारको लागी लैजान घरमा ल्याई पुर्‍याउँदा दिउँसो ११ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जिर्मले र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटिर थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर