Aamsanchar

ब्राउन सुगरसहित झापामा एक जना पक्राउ

Author Image
बिहिवार, भदौ १०, २०७८

झापा – झापा कचनकबल गाऊँपालिका५ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय उपेन्द्र लाल गणेश रहेका छन् । हिजो दिनको ३ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ७ ग्राम ४०० मिलि ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका गणेशलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।

Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर