Aamsanchar

झापाको कोरोना अपडेट

Author Image
बिहिवार, भदौ १०, २०७८

झापा- झापामा पछिल्लो २४ घण्टामा ४१० जनाको परिक्षण गर्दा १२८ जना कोरोना संक्रमित थपिएका छन् ।
२४३ जनाको पिसिआर परिक्षण गर्दा ८३ जना र १६७ जनाको एन्टिजेन परिक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनु भएको छ ।

झापामा कोरोनाको कुल संक्रमितको संख्या २७ हजार ६४४ जना पुगेको छ भने १९ हजार ७४१ जना निको हुँदा २ हजार ३६७ जना सक्रिय संक्रमित रहेका छन् । आज झापामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यो सहित झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५६ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Views: 260

प्रतिक्रिया (०)

सम्बन्धित खबर