Aamsanchar

गाई मारेको आरोपमा पक्राउ

Author Image
शुक्रवार, भदौ ११, २०७८

बझाङको खप्तडछान्ना गाउँपालिकाबाट गाई मारेको आरोपमा स्थानीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय जनक आग्री छन् । जनकले खप्तडछान्ना गाउँपालिका–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई लगेर चिर्पटले हिर्काएर मारेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

राजकोट–५ स्थित छात्रबास फलामे पुलमा गाई मारेको सुराक पाएपछि अस्थायी प्रहरी पोष्ट पाटादेवल र जिप्रका बझाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर