Aamsanchar

झापामा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

Author Image
शुक्रवार, भदौ ११, २०७८

झापा – झापामा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–६ निवासी ५० वर्षीय हेमसागर थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीकाअनुसार पूर्व९पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका ४ स्थित चुलाचुली चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख ६७६२ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो साढे १ बजे ठक्कर दिएको थियो।

बसको ठक्करबाट थापाको घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले बताए। बस र चालक मोरङ उर्लाबारी नगरपालिका(७ का ४२ वर्षीय सम्पतलाल धिमाललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।

Views: 187

प्रतिक्रिया (०)