Aamsanchar

नेतृत्व गर्ने व्यक्तिहरुमा आचरणको परिवर्तन भएन : नेता सिटौला

Author Image
शुक्रवार, भदौ ११, २०७८

मेचीनगर। नेपाली काँग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले यो मुलुकमा विभिन्न कालखण्डमा अनेक प्रकारका राजनीतिक परिवर्तन भएपनि नेतृत्व गर्ने व्यक्तिहरुमा आचरणको परिवर्तन नभएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार झापाको मेचीनगरस्थित बाहुनडाँगीमा आयोजित कार्यक्रममा बोल्दैं पूर्व उपप्रधान तथा गृह मन्त्री रहनु भएका सिटौलाले अब हरेक व्यक्तिमा संस्कार, आचारण,बानी व्यहोरामा परिवर्तनको खाचो औल्याउनुभयो । लामो संघर्ष र वीर शहीदहरुको बलिदानीबाट यो मुलुकको राजनीतिक परिवर्तन भएको स्पष्ट पादैं नेपाली काँग्रेसका पूर्व महामन्त्री सिटौलाले सघर्षको सफलता पछि देशमा परिवर्तन भए पनि नेतृत्व गर्ने व्यक्तिहरुको आचारण र संस्कारमा परिवर्तन नभएकै कारण यो मुलुक र मुलुकवासीले अनेक खालका समस्या व्यहोर्नु परेको बताउनुभयो ।

हिजो राज्य परिवर्तनका लागि सघर्षमा उत्रिनेहरुलाई दलबाट बाहिर राख्ने प्रवृतिले हरेक शहिद परिवारमा निराशा पैदा भएको उहाँको आरोप छ । अहिले हरेक रजनीतिक दलमा धनाढ्य व्यक्तिहरुको हालीमुहाली चल्ने र यसले गर्दा पार्टीका लागि सर्वस्व दिने कार्यकर्ताहरुमा नैराश्य पैदा हुने नेता सिटौलाको भनाई छ । यसकारण पनि राजनीतिक परिवर्तन भए झै हरेक व्यक्तिहरुले इमान्दारपुर्वक संस्कार र आचरणमा पनि परिवर्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पार्टीको १४ औं महाधिवेशनका बारेमा बोल्दैं नेता सिटौलाले पार्टीभित्र अनेक खालका विवाद भए पनि महाधिवेशनको विकल्प नरहेको बताउनुभयो । नेपाली काँग्रेसभित्रको विवाद आफ्नै घरभित्रको आन्तरिक झगडा भएकाले यसलाई मिलाएर अघि बढ्न उहाँले जोड दिनुभयो । पार्टीका नेता र कार्यकर्तालाई चिढ्यिाएर पार्टी मजवुत नहुने भन्दैं उहाँले अब पार्टीले हरेक क्षेत्रका विभिन्न विधाका मानिसलाई समेट्नुपर्नेमा जोड दिनुभयो । अहिले नेपाली काँग्रेसको नेतृत्वमा सरकारले भए पनि नेपाली जनताले खासै ठूलो अपेक्षा नराखेको भन्दैं नेकपा एमाले नेतृत्वमा रहेको सरकारको भन्दा यो सरकारले फरक काम गरेर जनतालाई सरकार छ भन्ने अनुभूति गराउनु महत्वपूर्ण काम रहेको उहाँको भनाई थियो । अहिलेको सरकारले आम नागरिकका लागि कोभिड विरुद्घको खोप सहजरुपमा उपलब्ध गराउनु, अस्पतालमा औषधि, वेड, आइसियू, भेन्टिलेटर अक्सिजन सजिलै उपलब्ध गराउनु नै मुख्य काम रहेको बताउनुभयो ।

कम्यूनिष्ट सरकारले आफ्नै नेतृत्वमा चुनाव गराउने सोच बनाएको र निर्वाचनको परिणाम आफ्नै पक्षमा पार्ने सपना देखे पनि त्यो पुरा नभएको भन्दैं नेपाली काँग्रेस नेतृत्वको सरकारले कम से कम चुनाव गराउन सफल बनोस बनेर उहाँले शुभकामना समेत दिनुभयो । कम्यूनिष्टहरुले चुनावताका एउटा कुरा गर्ने र नेतृत्व हात पारेपछि अर्के कुरा गर्ने परिपाटीले नेपाली जनता आजित भइसकेको भन्दैं अब काँग्रेसले जे बोल्छ त्यही गरेर देखाउने वेला आएको उहाँले बताउनुभयो । हरेक कुरामा प्रतिस्पर्धा हुने भन्दैं नेता सिटौलाले एकतालाई ध्यानमा राखेर काम गरे कुनै समस्या नहुने उहाँको तर्क थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर