Aamsanchar

मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न

Author Image
आइतवार, भदौ १३, २०७८

मेचीनगर । कोभिड १९ का कारण जिल्लामा पर्याप्तरुपमा रक्तदान कार्यक्रम नभएका कारण झापामा सिर्जना भएको रगत अभावलाई टार्न आइतबार झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

‘रक्तदान जीवन दान’ भन्ने नारासहित नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मेचीनगरले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । लक्ष्मीनारायण मन्दिरमा भएको कार्यक्रममा ४ महिला र ३५ पुरुषसहित ३९ जनाले रक्तदान गरेको परिषद अध्यक्ष ओमप्रकाश खापुङ्ग जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाईटि झापा शाखा भद्रपुरको प्राविधिक सहयोग भएको कार्यक्रमा ३१ औं पटक रक्तदान गरीसक्नु भएका मेचीनगर— १० का गोकुल हुमागाईँले ३२ औँ पटक रक्तदान गरेर उद्घाटन गर्नुभएको थियो । प्राविधिकहरु दीपक ओली, आश्मा लिम्बु, सरीता विक, रिमा खड्काले रक्त संकलन गर्नुभएको थियो । संकलित सवै रगत नेपाल रेडक्रस सोसाईटि झापा शाखा भद्रपुरलाई प्रदान गरिएको छ ।

उद्घाटन समारोहमा बोल्दैं कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले अहिले जिल्लामा रगत अभाव भइरहेका बखत नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मेचीनगरले यस्तो महान कार्य गरेको भन्दैं प्रशंसा गर्नुभयो । उहाँले रगत दान गर्नु भनेको कसैलाई नयाँ जीवन प्रदान गर्नु हो भन्दैं यस्तो मानवीय कार्यमा जुट्न सवैलाई आग्रह गर्नुभयो । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख मीना पोखरेल उप्रेती, परिषदका झापाका अध्यक्ष भरत श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर