Aamsanchar

संकास्पद अवस्थामा झापामा एक महिलाको शव फेला

Author Image
सोमवार, भदौ १४, २०७८

झापा- झापामा एक महिलाको शव उत्तानो परेको अवस्थामा फेला परेको छ । अर्जुनधारा ६ मा स्थानीय अन्दाजी ४५ बर्षीया सावित्रा खड्का विश्वकर्माको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक राकेश थापाले जनाए । घटनाको प्रारम्भिक बिवरण अनुसार बिधुत्  ट्रान्सफर्मरको तल शव भेटीएको र ढाडमा पनि केही कालो दाग देखिएको नायव उपरिक्षक थापाले बताए ।  घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । हिजो बेलुका घरबाट निस्किएकी सावित्राको सव घर देखी १०० मिटर पर आज बिहान भेटिएको हो । शवको पोस्टमार्टमका लागि मेचि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 402

प्रतिक्रिया (०)

सम्बन्धित खबर