Aamsanchar

अज्ञात समूहद्वारा भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड

Author Image
सोमवार, भदौ १४, २०७८

झापा –अज्ञात समूहले भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड गरेका छन् । मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तरगत भद्रपुर ९ स्थित देवकोटा चोकमा निर्मित अर्धकदको महाकवि लक्ष्मीप्रसाद देवकोटा सालिक गए राति तोडफोड गरिएको ९ नम्बर वडा सदस्य नूतन पौडेलले जानकारी दिए । कसले तोडफोड गरेको भन्ने खुलेको छैन । तोडफोडबाट अर्धकदको सालिक भत्काइएको उनले बताए । राष्ट्रका अनमोल सम्पत्तिहरूको संरक्षण गर्न सकिँदैन भने यसरी नष्ट गर्ने अधिकार पनि कसैलाई छैन, उनले भने । २०५१ सालमा सो चोकका नामकरण गर्दै महाकवि देवकोटाको अर्धकद सालिक राखिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर