

परिचय
हाम्रो दिमागले शरीरको सबै अंगलाई नियन्त्रण गर्दछ । यो शरीरको पावर हाउस अथवा कम्युटर केन्द्र जस्तो हो । यसैको नियन्त्रणले हामी हिड्ने, बोल्ने, लेख्ने, पढ्न सक्छौ । दिमागको सन्तुलनले नै हामीलाई होसमा राख्छ । यदि यसको सन्तुलन बिग्रीएमा हामी केही बेरको लागि बेहोस हुन्छौ । यसैलाई छोप्ने रोग भन्ने गरिन्छ र पटक पटक भइरहेमा छारे रोग भनिन्छ तर सबै छोप्ने रोगहरु छारे होइनन् ।

यसको कारण
हाम्रो दिमाग करेण्टले चल्दछ । विजुली बत्ती भोल्टमा बल्छ भने दिमागको करेण्ट अति कम अर्थात माइक्रो भोल्टले चलिरहेको हुन्छ । कुनै कारणबस दिमागको कुनै ठाउमा करेण्ट ज्यादा भएमा त्यस गीदिको भागले कन्ट्रोल गरेको शरीरको अंग अर्थात हात यो खुठ्ठा अचानक करेण्ट लागे जस्तै झट्कीन थाल्छ । यदि यो करेण्टको प्रभाव गिदी भरी गएमा पुरै शरीरमा झट्का लागेर मान्छे बेहोस हुन थाल्छ । छोप्ने रोगको कारण यही दिमागको करेण्टको असन्तुलन हो ।

करेण्टको असन्तुलन किन त ?
हाम्रो एक अध्ययनले छोप्ने रोगको करण मध्ये १०० जनामा ७० जना दिमागमा फित्तेकीराको फुल गएर भएको देखिएको छ । यो रोग फोहर पानी या राम्री नपखालेको कांचो खाना बाट सर्दछ । यो फुल केही समयमा आफै मरेर जाने हुनाले छोप्ने रोग पनि स्वत निको भएर जान्छ । १ २ बर्षको उमेर बाटै हुने छोप्ने रोग लाग्नु जन्म जात दिमागको खराबीले गर्दा हुन्छ । यस मध्ये केही छारे रोगमा परिणत हुन्छन् र लामो समय या कहिले कांही जिन्दगी भर नै औषधी खानुपर्ने हुन्छ । ठुल्ँँे भएपछि पहिलो पटक सुरु भएको छोप्ने रोगको राम्ररी जाचं गर्नु पर्ने हुन्छ । दिमागमा ट्युमर भएर, चोट लागेर, या अन्य खराबीले गर्दा पनि यस्तो भएको हुन सक्छ । यस्तो शंका भएमा ऋत्रःच्क्ष् जस्तो जाचं गर्नु पर्ने हुन्छ ।

यो वंशानुगत रोग हो त ?
यो वंशानुगत रोग होइन । बावु या आमा कसैलाई यो रोग लागे पनि बच्चालाई यो रोग लाग्नु पर्ने कुनै कारण छै । अति नै व्यक्तिमा मात्र यो रोग वंशानुगत हुन्छ तर यस्तो स्थिती यती कम छकी मेरो धेरै वर्षको अनुभवमा हाल सम्म १ मात्र त्यस्तो परिवार मैले भेटेको छु जसमा छोप्ने रोगको वंशानुगत सम्बन्ध थियो । त्यसैले यो कारण छैन नै भन्दा पनि फरक पर्दैन ।
के यो रोग सरुवा हो त ?
यो कुनै पनि हालतमा सरुवा रोग होईन । छोप्ने रोग लागेको व्यक्ति संगै सुतेर, उसको जुठो खाएर या अरु शारिरीक सम्पर्क राखेर यो रोग सर्दैन । यो रोग वंशानुगत पनि नभई सर्ने पनि नभएकोले यस्ता व्यक्ति संग विवाह गर्ने वा नगर्ने, संगै बस्ने या नबस्ने भन्ने निर्णय यही रोगको आधारमा मात्र उचित हुर्दैन ।
छारे रोगका किसिम
यो रोग लक्षणहरु धेरै प्रकारका हुन्छन् । पुरै शरीर कमाएर बेहोस हुने, आधा शरिर या कुनै एउटा भाग मात्र कमाउने, केहि बेर बेहोसीमा नाचे जस्तो गर्ने, केही सेकेण्ड टवाल्ल पर्ने, हिड्दा हिड्दै लड्ने र तुरुन्तै उठेर पनि हिड्ने आदी थुप्रै थरीका हुन्छन् र हरेकको उपचार पनि बेग्ला बेग्लै हुन्छ ।
उपचार कसरी ?
नियमित औषधी सेवनले ९० प्रतिशत भन्दा बढी छोप्ने रोगको नियन्त्रण गर्न सकिन्छ र यस्ता व्यक्तिहरु सबै सहजको जिन्दगी बिताउन सक्दछन् । उपचारमा तोकिएको समयमा डाक्टरलाई भेटिराख्ने, बेला बेला औषधीको मात्रा थप घट गर्ने र केहि रगतको जाचंहरु गरिराख्नु पर्ने हुन्छ । यो रोगको किसिम हेरेर केहि महिना, केहि वर्ष या जिन्दगी भरनै औषधीको सेवन गर्नु पर्ने हुन सक्छ । यस अस्पतालमा यस रोगको शल्यक्रिया पनि सरु गरिएको छ । औषधीले नियन्त्रण हुदै नहुने बिरामीमा यो पद्वती अपानउन सकिन्छ । यो शल्यक्रिया पछि छारे रोग सधैको लागी निको हुन सक्छ ।


औषधीको सेवन
नियमित औषधीको सेवन यो रोगको मुल मन्त्र हो ।
> औषधी हरेक दिन नबिराएर खानु पर्छ । केही हप्ताको स्टक सधै राख्नु होला ।
> कथम कदाचित एक छाक औषधी खान बिर्सिएमा अर्का छाक औषधी खाने बेलामा २ गोली खानु होला ।
> डाक्टरले रोक्नु नभने सम्म औषधी नरोक्नु होला ।
> ओषधी खान सुरु गरेको बेला जिउमा डावर आउने चिलाउने आंखा पहेलो हुने जस्ता लक्ष्ण देखिएमा औषधीको सेवन बन्द गरेर डाक्टरको सल्लाह लिनु होला ।
तपाईले याद गनुपर्ने कुराहरु
> साइकल, मोटरसाइकल, गाडी नचलाउने ।
> खोला, पोखरी या स्वीमिङ्ग पुलमा एक्लै नजाने ।
> रुख छाना या बार नभएको अग्लो ठाउमा नचढने ।
>आगो, धारिलो या मेसीनमा काम नगर्ने ।
> अनिदो, खालिपेट नबस्ने ।
> नियमित जिन्दगी बिताउने अर्थात समयामा सुत्ने, समयमा उठ्ने, समयमा खाने, नियमित व्यायाम गर्ने ।
> रक्सी या अन्य लागु पदार्थको सेवन नगर्ने ।
छारे रोग बढाउन सक्ने कारणहरु
> सेवन गरिरहेको औषधी एक्कासी छाड्नाले
>अत्याधिक रक्सिको सेवन
> अनिदो बस्नु
> भोको पेट बस्नु
> Flickering Light (झलिक मिलिक)
> ज्वरोः साधारणत धेरै ज्वरोको बेलामा बच्चाहरुमा मात्र देखिएपनि बयस्क मानिसमा पनि धेरै ज्वरोका बेलामा छारे रोग देखिन्छ ।

छोपि रहेको बेला के गर्ने ?
छोप्ने प्रत्रिया सुरु भयो भने यसलाई रोक्ने कुनै उपाय छैन, एक पटक सरु भएपछि यो पुरा भएरै छाड्छ । त्यस्तो बेला तपांईको ध्यान बिरामीले आफुले आफुलाई चोट नलगाओस, आपनै लुगाले नबांधोस भन्ने हुन्छ । दांत किटेर जिब्रो टोक्ने संभावना हुन्छ तर त्यसबाट बचाउन मुखमा हात नहाल्नुहोस, तपांइको औला टोकीने छ । चम्चा या अरु फलामको चिजले दांत भाचिन्छ, काठ त खोज्दा खोज्दै छाप्ने रोगको प्रत्रिया रोकिसकेको हुन्छ । एक पछि अर्को लगातार छोप्ने भएमा बिरामीलाई तुरुन्त अस्पताल पुर्याउनु पर्छ । यस्तो बेलामा पानी खुवाउदा सर्केर पानी फोक्सोमा जान सक्छ । त्यस्तो बेलामा पानी खुवाउदा सर्केर पानी फोक्सोमा जान सक्छ । त्यस्तै जुत्ता मोजा सुघांउनाले कुनै फाईदा गर्दैन ।
सामान्य जिवन बिताउछ
यस रोगको लागी आफुलाई भागिदार नठान्नहोस नत बाबु आमाको नै यसमा कुनै हात छ । यसको लागी दुखी या घृणित हुनु पर्ने कुनै कारण छैन । यो रोग लागेमा पनि तपाई सामान्य व्यक्तिको जस्तो जिवन बिताउन सक्नु हुन्छ । धेरै जसो व्यवसाय गर्न सक्नु हुन्छ । विवाह गर्न सक्नु हुन्छ । खाली तपांइलाई आत्म बल, बुभ्ने परिवार, मिल्ने साथी र सहयोगी डाक्टरको साथको खांचो छ । आत्मबलका साथ आफ्नो जिवन बिताउनुहोस । श्रोत:अन्नपूर्ण स्वास्थ्य सहकारी संस्था

