Aamsanchar

घरमा आगलागी हुँदा श्रीमान् श्रीमतीको जलेर मृत्यु

Author Image
मङ्गलवार, भदौ १५, २०७८

लमजुङ – लमजुङमा आगलागी हुँदा दम्पतीको निधन भएको छ। मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ सिम्लेमा धन्सारमा बस्दै आएका दम्पतीको निधन भएको प्रहरीले जनाएको छ। आज विहान साढे १ बजेतिर एक्कासि धन्सारमा आगलागी हुदा ५६ वर्षीय धर्मराज भण्डारी र उनको ४५ वर्षीय श्रीमती पशुपति भण्डारीको निधन भएको लमजुङ प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज रेग्मीले जानकारी दिए। ​

उनिहरुको घटनास्थलमै निधन भएको रेग्मीको भनाइ छ। घरमा राखिएको खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। हाल प्रहरी घटनास्थलमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर