Aamsanchar

समुदायको सहयोगमा बिर्तामोडका राजुको उपचार दिल्लीमा गरिदै

Author Image
बुधवार, भदौ १६, २०७८

बिर्तामोड । झापा बिर्तामोडका ए प्लास्टिक एनिमियाबाट पीडित बनेका राजु चौधरीलाई थप उपचारका लागि आज भारतको दिल्ली लगिँदै छ । उनको उपचार नेपालमा ढिलो हुने भएपछि आज भारतको दिल्ली लगिने भएको हो ।

‘फर राजु अभियान’का सदस्य विशाल अग्रवालका अनुसार चौधरीको काठमाडौँमा उपचार भइरहेको थियो ।

यसै क्रममा अस्पतालका चिकित्सकको सल्लाहअनुसार उच्च खुराकको औषधि (एजीटी) दिने भनिए पनि कमजोर स्वास्थ्य अवस्थाका कारण दिन सकिएन ।आज नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट उनलाई दिल्ली लैजान लागिएको हो । उनीसँगै उनका दाजु–भाउजु पनि साथमा रहनेछन् ।

यस महामारीमा राजुकालागि हवाइ टिकट सहजपूर्वक उपलब्ध गराएको भन्दै क्याप्टेन विजय लामालाई ‘फर राजु चौधरी’ अभियानले धन्यवाद पनि दिएको छ ।

अग्रवालका अनुसार डा विशेष पौडेल र विशाल पौडेल (हेमेटोलोजिस्ट)  सँग राजुको उपचारका बारेमा छलफल गरेपछि चिकित्सककै सल्लाह अनुसार जतिसक्दो चाँडो दिल्ली लैजान सुझाव मिलेको थियो ।राजु चौधरीको उपचारका लागि भारत नयाँ दिल्लीको बीएल कपूर अस्पताल एकमात्र विकल्प रहेको निश्कर्ष निकाल्दै त्यही बोनम्यारो प्रत्यारोपण गर्न सकिने बताइएको छ ।

दिल्लीमा बरिष्ठ डा महेश चौधरीले राजुको उपचार गर्नेछन् ।दिल्लीमा गरिने उपचारबाट राजुका सहयोगीहरु आशावादी बनेको उल्लेख गर्दै अभियानले उनको उपचारमा कुनै सम्झौता नगरी साथ र सहयोग जुटाइरहने प्रतिवद्धता जनाएको छ ।

चौधरी बिर्तामोडको रेडियम ब्यान्डका गायक तथा गितारिस्ट हुन् । उनको उपचारमा विभिन्न संघसंस्था तथा सांगीतिक व्याण्डहरु पनि जुटेका छन् । ‘यो विशाल समर्थन र साथ राजुप्रतिको माया हो’, अभियानले भनेको छ ।

चौधरी आवद्ध रेडियम ब्यान्डका विशालसँगै प्रकाश लिङदेन, राहुल शर्मा, विकास गिरी, रमेश चौधरी, जेनिथ प्रसाई र प्रज्ज्वल तिम्सिनालगायत सिंगो टिम नै सहयोग जुटाउन अहोरात्र खटिराखको छ ।

सहयोग गर्न चाहनेहरुले राजु चौधरीको नाममा रहेको सनराइज बैंक बिर्तामोड झापाको शाखाको अकाउन्ट नम्बर ०११०७५१८०२२०५००१ मा सहयोग गर्न सक्नेछन् । अथवा राजु चौधरीको इसेवा नम्बर ९८१७९३५७३३ मा पनि सहयोग गर्न सक्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 426

प्रतिक्रिया (०)