Aamsanchar

भारतबाट हराएका झापाका एक बालकको आठ महिना पछि आमाबुवासँग पुनर्मिलन

Author Image
बुधवार, भदौ १६, २०७८

सामाजिक अभियन्ता सरोज रायको पहलमा भारतको गोपालगञ्जबाट उद्धार गरिएका बालक चेतन परियारको आमाबुवासँग आठ महिना पछि  पुनर्मिलन भएको छ।  राय र उनको टोली झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा न. १०, दक्षिणभुतेरि गौरवटोलस्थित चेतनको घर पुग्दा आमाबुवा र गाउँलेले ढाका टोपी, खादा र टिका लगाई सम्मान गरेका छन् ।  

चेतन परियार करिब आठ महिना अगाडी आफ्नो काकासँग विहारको नर्वदा गएका थिए तर १५ दिन नपुग्दै उनी त्यहाँबाट हराएका थिए । गोपालगञ्जतिर अलपत्र देखेर भारतीय प्रहरीले समातेर उनलाई बाल कल्याण समिति गोपालगञ्जको जिम्मा लगाएका थिए । त्यही बेला देखि चेतन छपरास्थित बालगृहमा बस्दै आएका थिए ।

६ महिना अगाडी बाल कल्याण समितिले अभियन्ता रायलाई परियारबारे जानकारी गराएको थियो । चेतनले आफ्नो घर बिर्तामोड बताए पनि ठेगाना स्पष्ट नभएको कारण उनका फोटो सामाजिक सञ्जालमा राखेर रायले खोजी सुरु गरेका थिए ।  केही दिन पछि चेतनको काकाले फेसबुकमा फोटो देखे पछि सम्पर्क गरे । 

नेपालबाट आवश्यक कागजात र चेतनको social investigation report (SIR) बनाएर रायले भारत पठाए । सबै कागजात भारत पुगेको ५ महिना पछि मात्र चेतनलाई घर लैजाने अनुमति आएपछि अभियन्ता राय र जनकपुरको समाजसेवी प्रविण महतो वीरगन्ज नाका हुँदै गोपालगंज पुगेर चेतनलाई लिएर जनकपुर आए र एक दिन जनकपुर स्थित आफ्नै घरमा राखेर अर्को दिन बिर्तामोड पुगेर आमाबुवालाई जिम्मा लगाए ।

दरभंगाबाट ३ बालक, बेतियाबाट १ र गोपालगञ्जबाट १ गरि यसै हप्तामा अभियन्ता रायले पाँचजना बालकको उद्धार गरेका छन् ।  दुई वर्षमा अभियन्ता सरोज रायले करिब १६० बालबालिका भारतबाट उद्धार गरिसकेका छन् ।

-रातोपाटीबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर