

झापा। झापा अर्जुनधारा–४ मदनपुरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ बर्षीय एबिट बुढाथोकी, ३० बर्षीय सजित समाल र अर्जुनधारा–३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन ।

उनिहरुलाई बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ७ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित हिजो पक्राउ गरेको हो ।
प्रहरीले उनिहरुको साथबाट नगद ४९ हजार ५ सय रुपैया समेत बरामद गरेको छ । पक्राउ परेका तिनै जना उपर प्ररहीले लागुऔषध मुद्धामा कानुनी प्रक्रिया अगाडी बढाएको छ ।

Views: 119

