

झापा- झापामा पछिल्लो २४ घण्टामा कोरोना परिक्ष गरिएका मध्ये ३७.५ प्रतिसतका कोरोना देखिएको छ । २६४ जनाको परिक्षण गर्दा ९९ जना कोरोना संक्रमित थपिएका हुन्। २५९जनाको पिसिआर परिक्षण गर्दा ९७ जना र ५ जनाको एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनु भएको छ । २४ घण्टामा २ जनाको संक्रमणका कारण निधन हुँदा १ सय ५१ जनाले कोरोनालाई जितेका छन् ।


Views: 297

