Aamsanchar

पोखरामा पहिरोले घर बगाउँदा श्रीमान श्रीमतीको मृत्यु, एक छोरा घाईते अर्का बेपत्ता

Author Image
बिहिवार, भदौ १७, २०७८

काठमाण्डौ – पोखरामा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् । पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा पहिरोले घर पुरिँदा कृष्णबहादुर श्रेष्ठ र उहाँकी श्रीमती सुनमायाको ज्यान गएको हो । श्रेष्ठका १० वर्षका छोराको भने उद्धार गरिएको छ । उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ भने अर्का छोरा पहिरोमा पुरिएर हराइरहेका वडा अध्यक्ष सिम गुरुङले जानकारी दिनुभयो ।

पहिरोमा हराइरहेकाको खोजी भइरहेको उहाँले बताउनुभयो । गएराति पोखराका अन्य धेरै क्षेत्रमा पनि बाढी पहिरोले क्षति पुर्याएको छ । आज पनि पोखरालगायत गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर