Aamsanchar

न्याय सम्पादन ढिलाईका कारण उपचार्थ श्रेष्ठ दम्पती तिन महिना देखि बिएण्डसी अस्पतालमै बस्न बाध्य

Author Image
बिहिवार, भदौ १७, २०७८

बिर्तामोड । झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार्थ एक दम्पतीले कानुनी ठिलासुस्तीको कारण तिन महिना देखि अस्पतालबाट घर जान नपाएको भन्दै सम्वन्धित पक्ष जिल्ला प्रसाशन कार्यालय समक्ष यथासक्य छिटो न्याय दिन आग्रह गरेका छन् ।

सवारी दुर्घटना भएर विगत ६ महिना देखि बिएण्डसी अस्पतालमा उपचारको क्रममा रहेका झापा शिवसताक्षी – २ का यामबहादुर श्रेष्ठ र उनकी पत्नी सनम श्रेष्ठले आज बिएण्डसी अस्पतालमै पत्रकार भेटघाट कार्यक्रम मार्फत आफूहरु कानूनी ढिलासुस्तीका कारण ३ महिना देखि शारिरक भन्दा मानसिक पिडामा बाच्नु परेको बताएका छन् ।

२०७७ फागुन १९ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाईमा को.१ख १६८४ नम्बरको ट्रकले प्रदेश १–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रक विराटनगरस्थित रिजाल ग्यास उद्योगको हो जसका सञ्चालक हुन् नवीन रिजाल । दुर्घटनामा मोटरसाइकलमा सवार श्रेष्ठदम्पती घाइते भएका थिए ।

‘दुर्घटना भएपछि उपचारको लागि अस्पताल भर्ना भएको सुरुको दिनमा उद्योग र ट्रकका संचालक नवीन रिजालले उपचार खर्चको लागि करिव २ लाख रुपियाँ अस्पतालमा जम्मा गरे त्यस पछि सम्पर्क विहिन बने पटक पटक सम्पर्क गर्दा आफू खर्च दिन नसक्ने मुद्धा हाल्नु भनेर तर्किने काम रिजालले गरे त्यो बेला हामि मुद्धामा जानुकी घाईतेको उपचारमा लाग्नु भयो, ३ महिना अघि सिडियो कार्यालयमा न्यायको लागि अपिल गरियो अहिले सम्म हामिले न्याय पाउन सकेको छैनउ, के कारणले यसरी ठिला सुस्ती भईरहेको छ, कतै न्याय सम्पादन कार्यलाई कसैबाट प्रभावमा पार्ने काम त भईरहेको छैन’ भन्दै पिडित श्रेष्ठका भाई ख्यामबहादुर श्रेष्ठले दुखेसो संगै आशंखा व्यक्त गरेका छन् ।

भाई ख्यामबहादुर भन्छन् ‘दाजु भाउजुलाई माया मारेको अवस्थामा अस्पताल ल्याईएको थियो । अस्पतालको सहयोग र डाक्टरहरुको अथक मेहनते दाजुभाउजु बाच्न सफल हुनु भयो, दाजुको चार पटकको अप्रेसन र भाउजुको पनि खुट्टाको अप्रेशन भएको छ । ६ महिना सम्म निरन्तर भएको उपचार खर्च ४२ लाख पुगेको छ । हामिले भएको जायजेथोबाट १० लाख रकम जम्मा गरिसकेका छौं । अरु खर्च जुटाउने अवस्था छैन् अस्पतालमै रहदा त रिजालले गरेको व्यवहार यस्तो छ, विरामी घर लगियो भने झन हामिले न्याय पाउदैनौ की भनेर अस्पतालले डिस्चार्ज दिदा पनि हामि घर जान सकेका छैनउ हामि न्यायको पर्खाईमा छौं ।’ ‘प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले पटक पटक फैशलाको म्याद थप गराई रहनु भएको छ । ‘पहिलो पटक ७ दिन पछि फैशला हुन्छ भन्नु भयो फेरी १५ दिन थप गर्नु भयो । त्यसैगरी पुनः एक महिना थप गर्नु पर्ने भयो भन्नु भयो अहिले फैसलाको प्रतिक्षा गर्दा गर्दै तिन महिना बिती सकेको छ । सुन्नमा आएअनुसार अब फेरी आउदो सोमबार फैशला हुने जानकारी पाएको छौं’ त्यो दिन पनि फैशला हुने हो की होईन, अस्पताल बसाईको पिंडा भोग्नेलाई मात्र थाहाँ हुन्छ, दाजु भाउजु वेडमा रोएको देखेर अत्यन्तै पिंडा भईरहेको छ ।’

‘उता काठमाडौंको एक पत्रिकाले ट्रकले ठक्कर दियो, बिएन्डसीले बन्धक बनायो, गरिबलाई बन्धक, शक्तिको सेवा भनेर समाचार आएको छ । त्यो समाचारमा कुनै सत्यता छैन भन्दै पिडित र अस्पताल पक्षले समाचारको खण्डन गरेको छ ।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले श्रेष्ठ दम्पतिलाई अस्पतालले बन्धक नबनाएको बताएका छन् । ‘उहाँहरुलाई ठक्कर दिने ट्रक मालिक सम्पर्कमा नआएको र घटनाका विषयमा प्रशासनमा मुद्धासमेत चलिरहेकाले उहाँहरु यही हुनुहुन्छ’, गिरीले भने, ‘पैसा तिर्न नसकेर अस्पतालले बन्धक बनाएको भन्ने खबर कपोकल्पित हो ।’ अस्पतालले बन्धक बनाएको भन्ने समाचार आफैँमा गलत भएको ख्यामबहादुरले जिकिर गरेका छन् । ‘दाजुभाउजुको ज्यान बचाउन अस्पतालले खेलेको भुमिका मेरो जीवनका लागि एउटा खुसीको क्षण हो’ ख्यामबहादुरले भावुक हुदै भने म अस्पताल प्रति शिर निहुरियार ढोग्छु ‘वीएण्डसीले गर्दा नै आज दाजुभाउजु मृत्युको मुखबाट फर्किनु भएको छ ।’ ‘ठक्कर दिने ट्रक मालिक सम्पर्कमा नरहेको र प्रशासनमा मुद्धा चलिरहेकाले हामी आफैँ अस्पतालमा न्यायको प्रतिक्षामा बसिरहेका छौँ’, उनले भने ‘मुद्धा टुङ्गिना साथ हामि घर जाने छौं ।

पीडितका मामा कृष्णकुमार राईले ‘पीडित परिवारले नबोलेको कुरालाई श्रोत हवला दिदै समाचार आउनु भनेको आम पत्रकार जगत त पत्रकार महासंघ प्रतिको विश्वास घट्नु हो ।  अस्पताल संगको सहकार्य र सहयोग, सुमधुर सम्बन्धलाई दुरी बढाउने गरी समाचार आउनु दुखको कुरा हो । नागरिकको समस्या हल गराउन पत्रकार र संचारगृहको भूमिमा हुने पर्नेमा पिडीतलाई झन समस्या पैदा हुने काम पत्रकारबाट हुनुले अवको पत्रकारिता कता जादैछ’ भनेर चिन्ता व्यक्त गरेका छन् ।

समाचारको विषयमा अस्पतालका प्रवक्ता प्रविश गिरीले पनि आपत्ती जनाएका छन् । उने भने समाचारको हेडिङ एउटा छ फोटो मार्सी भात खाएको छ । हामिले बन्धक बनाएका छैनउ, उहाँ हरुनै कानूनी फैशला नआउन्जेर घर नजानु भएको हो । विरामीलाई आर्थिक रुपमा अस्पतालले कुनै दिन दवाव दिएको छैन, दवाब दिने थियो भने अस्पताल भर्ना भएको भोली पल्टनै पैसा बिनै अप्रेशन गर्ने थिएन । उहाँहरुको खानाको व्यवस्था पनि अस्पतालले नै मिलाई दिएको छ । अप्रेशनको बेला रगत दिने मान्छे थिएनन् हामिले मानवीय सम्वेदनशितालाई बुझेर अस्पतालका कर्मचारीलाई नै रगत दिन लगाएर छिटो भन्दा छिटो अप्रेशन गराएका थियौ । बिएण्डसी अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै समाजमा विभिन्न सेवा र सहयोग गर्दै आएको छ । गलत र भ्रम फैलाउने यस्तो समाचारले हाम्रो सेवागर्ने इच्छाशक्तिलाई कम्जोर पार्न खोजिएको छ । सत्यको जित एक दिन अवश्य हुनेछ । समाचार बनाउदा यथार्थ बिषय पहिचान गरेर समाचार सप्रेषण गरिदिन पत्रकारहरु समक्ष गिरीले आग्रह गरेका छन् । गिरीले थप्दै भने अस्पतालबाट कुनै कमजोरी भएको छ भने पनि लेखिदिनुहोस् हामि त्यस्तो समाचारको खुलेर सम्मान गछौं ।

 

 

 

Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर