Aamsanchar

बिर्तामोडको ॐ काष्टिङ्ग उद्योगले इलेक्ट्रिक भट्टी जडान गर्ने

Author Image
शुक्रवार, भदौ १८, २०७८

बिर्तामोड । झापाको विर्तामोड–२, चारपाने लालमाटीमा रहेको ॐ काष्टिङ्ग उद्योगले आधुनिक ईलेक्ट्रिक भट्टी जडान गर्ने भएको छ ।

दूई बर्ष देखि परंमपरागत भट्टीद्वारा संचालन हुदै आएको उद्योगमा कहिलेकाही धुवाको मात्रा बढी आउने भएकाले उद्योगलाई धुवा रहित बनाउन नयाँ प्रविधीको ईलेक्ट्रिक भट्टी जडान गर्ने तयारी गरिएको उद्योगका संचालक अर्जुन मैनालीले बताए । मैनालीका अनुसार अबको तिन महिना भित्रमा ईलेक्ट्रिक भट्टी जडान भई सक्ने छ ।

बिर्तामोड नगरपालिकाले वडा नम्बर २ लाई औधोगिक क्षेत्र नै घोषणा गरेको छ । सो क्षेत्रमा दर्जन भन्दा धेरै उद्योगहरु संचालनमा रहेका छन् भने अरु नयाँ उद्योग खुल्ने क्रम पनि बढदै गएको छ ।‘उद्योगको संख्या बढदै जाँदा स्थानियलाई रोजगारीको अबसर लगायत धेरै फाईदा पुगेको छ । नगरपालिको आन्तरिक राजश्व पनि वृद्धि भएको छ । तर उद्योगबाट निस्कने प्रदुषणले स्थानियहरुमा नकारात्मक असर पार्ने गरेको गुनासाहरु पनि आईरहेको पाईएको छ । उद्योगलाई वातावरण मैत्री बनाएर संचालन गर्ने तर्फ उद्योग सञ्चालकले ध्यान दिन जरुरी हुन्छ ।’ ‘ॐ काष्टिङ्गले नयाँ प्रविधी जडान गर्ने कुरा स्वागत योग्य छ ।’ अरु पुराना उद्योगहरुले पनि वातावरण प्रति ध्यान दिनु पर्ने स्थानिय वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले धारणा राखेका छन् ।

ॐ काष्टिङ्ग उद्योग झापाको एक महत्वपूर्ण उद्योगको रुपमा स्थापित भईसकेको छ । ॐ काष्टिङ्गले टुवेल (कल) पुल्ली, मेशिनरी सामानहरु उत्पादन गर्दै आएको छ ।

 

Views: 560

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२