Aamsanchar

घाँटी रेटिएको अवस्थामा भारतीय बजार नजिकै एक नेपाली युवकको शव फेला

Author Image
शनिवार, भदौ १९, २०७८

सिरहा नेपालसँग सिमा जोडिएको भारतीय बजार जयनगर नजिकै एक नेपाली युवकको शव फेला परेको छ । सिरहाको गोलबाजर नगरपालिका–४ निपनियाँका ४० वर्षीय दुखरण महराको शव भारत बिहारको मधुवनी जिल्ला अन्तरगत जयनगर बजार नजिकै पानीमा शव फेला परेको हो ।

महराको धारिलो हतियारले घाँटी रेटिएको र शरीरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । प्रहरीका अनुसार महराको शव जयनगरकै एक अस्पतालमा राखिएको छ ।

महरा बिहीवार घरबाट पैसा लिएर मोटरसाइकल किन्न निस्केको उनको जेठा छोरा विमल महराले जानकारी दिए । मृतक र मृतककी आमाबीच मोटरसाइकल किन्ने विषयमा विवाद समेत भएको छोरा विमलले बताए । आज बिहान बेवारिसे अवस्थामा शव भेटिएपछि भारतीय प्रहरीले उनको पकेटमा भेटिएको डायरीमा लेखिएको नम्बरको आधारमा मृतक नेपाली भएको पत्ता लगाएको थियो । भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर मृतकको परिवारले जानकारी गराएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 404

प्रतिक्रिया (०)

सम्बन्धित खबर