Aamsanchar

झापामा लहरीको ठक्करबाट एक महिला साइकल यात्रीको मृत्यु

Author Image
शनिवार, भदौ १९, २०७८

झापा – झापामा ट्रक (लहरी)को ठक्करबाट एक महिला साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- ८ निवासी ३३ वर्षीया सुनिमा राई ९लिम्बु० रहेकी प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत शिबसताक्षी ११ स्थित झिलझिलेमा शनिवार बेलुका ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र-२-०३-००१ ख ४२३० नम्बरको ट्रक (लहरी) ले साईकल यात्री राईलाई ठक्कर दिएको थियो ।

दुर्घटना परी गम्भीर घाइते भएकी राईलाई उपचारका लागि बिर्तामोड पठाउने क्रममा बाटैमा मृत्यु भएको डिएसपी थापाले बताए । यता घटना पश्चात् इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ट्रक, साइकल र ट्रक चालक जिल्ला चितवन राप्ति नगरपालिका १ निवासी ३१ वर्षीय प्रवीण लामालाई नियन्त्रणमा लिएको छ ।

Views: 104

प्रतिक्रिया (०)