Aamsanchar

झापा : खोलामा ३ वर्षीय छोरासहित आमाको शव फेला

Author Image
आइतवार, भदौ २०, २०७८

बिर्तामोड – कनकाई नगरपालिका स्थित बिरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोलामा मृत भेटिनेमा ३८ वर्षीया उमा विक र ३ वर्षीय शिशिर विक रहेका छन् । मोरङ सुनबर्शी नगरपालिका बस्ने स्वर्गीय दिलिप लोहारको श्रीमति उमा कनकाई – ८ मा माईती घर बस्दै आएकी थिइन् । उनी शनिवार राती माइती घरबाट नावालक छोरा बोकेर हिडेकी थिइन् । यस्तै, छोराको शव दिउँसो कनकाई ६ स्थित विरिङ खोलाको बगरमा घोप्टो परेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए । उमाको शवलाई पोष्टमार्टमका लागि मेची अस्पताल पठाइएको छ भने छोराको शव सुरक्षित राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर