Aamsanchar

मुख हेर्ने दिन बुवाको स्मृतिमा चापागाईं परिवारद्वारा बुधबारे जेसीजलाई १ लाख २२ हजार २ सय २२ रुपियाँ सहयोग

Author Image
मङ्गलवार, भदौ २२, २०७८

बुधबारे। आज कुशे औँशी, बुवाको मुख हेर्ने दिन । यस अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । यस दिन बुवा नहुनेहरुले बुवाको स्मृतिमा केहि पुन्यको काम गर्दछन् ।

पितृ सम्मान दिवस अर्थात् जन्मदिने बुवाप्रतिको सम्मान व्यक्त हुने आजको दिन झापा बुद्धशान्ति १ का हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ६ बस्ने इन्द्रप्रसाद चापागाईं र उहाँकी धर्मपत्नि जमुनादेवी चापागाई र उनका कान्छा भाईबुहारी बीरेन्द्र तथा तुलसा चापागाईले आफ्ना दिवंगत बुवा तथा ससुरा स्व. नन्दप्रसाद चापागाईको स्मृतिमा बुधबारे जेसीजको मेरो पनि योगदान छ कार्यक्रम अन्तरगत बुधबारे जेसीज सचिवालय भवन निर्माणका लागि १ लाख २२ हजार २ सय २२ रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।

जसमध्ये १ लाख ११ हजार १ सय ११ स्व. नन्दप्रसादका जेठा छोराबुहारी इन्द्रप्रसाद र जमुनादेवी तथा ११ हजार १ सय ११ कान्छा छोराबुहारी बीरेन्द्र तथा तुलसाले प्रदान गरेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो ।

वि.स. १९९० असार २० गते इलामको शान्तिपुर २ चैनपुरमा जन्मनुभएका नन्दप्रसादको २०७१ जेठ ३० गते झापाको बुद्धशान्ति १ भोटेटारमा निधन भएको थियो । सामाजिक सेवामा सकृय बुवाको स्मृतिमा युवाहरुको संस्था जेसीजको भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको दाता इन्द्रप्रसादले बताउनु भयो ।

बुद्धशान्ति गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत समेत रहनुभएका इन्द्रप्रसासद चापागाईले आफ्नी श्रीमती जमुना चापागाईको जन्मदिनको अवसर पारेर बुधबारे जेसीजलाई केहि महिना अधि सामाजिक गतिविधि गर्न रु २५००० पनि सहयोग गर्नुभएको थियो ।

बुद्धशान्ति गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले आफ्ना स्वर्गीय बुबा नन्दप्रसादको स्मृतिमा बुद्धशान्ति गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय भवनको मूल प्रवेशद्वार (गेट) निर्माणका लागि ६ लाख ५० हजार रुपैँया सहयोग समेत गर्नुभएको छ ।

बुधबारे जेसीजको भवन निर्माणका लागि बुवाको स्मृतिमा आर्थिक सहयोग गर्ने चापागाई परिवारलाई बुधबारे जेसीजका अध्यक्ष वाग्लेले संस्थाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर